Kathmandu Press

जापानको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सनेई तकाइची निर्वाचित

तकाइची जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै प्रधानमन्त्री बनेकी हुन्।
जापानको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सनेई तकाइची निर्वाचित

काठमाडौं, कात्तिक ४ : जापानको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सनेई तकाइची निर्वाचित भएकी छन्।

तकाइची जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै प्रधानमन्त्री बनेकी हुन्। तकाइची मंगलबार ४६५ सदस्यीय संसद्को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन्। 

उनी तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी हुन् । ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ मानिन्छिन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य उनी यसअघि उनी मन्त्री समेत बनिसकेकी छिन्। उनी विगतमा टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर थिइन्।

Hardik ivf

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार विजय लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी) बीच अन्तिम समयमा भएको गठबन्धन सम्झौतापछि उनको जित सम्भव भएको हो। 

दुई दलको गठबन्धन बन्दा पनि संसदमा अझै पनि दुई सिटले बहुमत पुग्न नसकेको जनाइएको छ । यसले गर्दा अझै पनि राजनीतिक अस्थिरताको जोखिम रहेको बताइएको छ। 

तकाइचीले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै मुलकको कार्यकारी भूमिकामा पुगेकी हुन्। उनी सरकारमा आएपछि यसअघि एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि जापानमा तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्य भएको छ।

जापानमा तकाइची प्रधानमन्त्री भएपछि जापानिज राजनीतिक इतिहासमा महिलाको उदयको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। नयाँ प्रधानमन्त्रीमा आएकी तकाइचीले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता, नीति सम्बोधन र क्षेत्रीय शिखर सम्मेलनहरूमा सहभागिता जनाउने कार्यतालिका पनि तय गरेकी छन्।

 

 

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, कात्तिक ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्