अमेरिकामा कोरोनाबाट १५ लाख संक्रमित, ९० हजारको मृत्यु
काठमाडौं, जेठ ४ : अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनु....

काठमाडौं, जेठ ४ : अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म संक्रमितको कूल संख्या १५ लाख ७ हजार ९ सय २५ रहेको छ ।
संक्रमितमध्ये १६ हजार २ सय ४८ को अवस्था गम्भीर छ । साथै, पछिल्लो २४ घण्टामा १ हजार ९६ को मृत्यु भएको छ । हालसम्म यहाँ ९० हजार १ सय १३ जनाको मृत्यु भइसकेको छ ।
३ लाख ३९ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











