Kathmandu Press

नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

सुपरसिक्सको अन्तिम खलमा सामाआलाई १४२ रनको फराकिलो अन्तरले अराउँदै नेपालले विश्वकप छनोटको उपाधि जित्यो। नेपालले छनोटको सबै ६ खेल जित्यो।
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं, कात्तिक १ : नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। 

सुपरसिक्सको अन्तिम खलमा सामाआलाई १४२ रनको फराकिलो अन्तरले अराउँदै नेपालले विश्वकप छनोटको उपाधि जित्यो। नेपालले छनोटको सबै ६ खेल जित्यो।

शुक्रबार साँझ भएको खेलमा नेपालले दिएको २१२ रनको ठूलो लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रनमै अलआउट भयो। 

Hardik ivf

सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए भने बेन्जामिन माइलाटाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

सामोआलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले ४ आभेरमा १ मेडनसहित १३ रनमात्र खर्चेर ३ विकेट लिए। यस्तै, रोहित पौडेल, करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले आसिफ सेख र दीपेन्द्रसिंह ऐरीको अर्धशक मद्दतमा ४ विकेटको क्षतिमा २११ रन बनायो। यो जारी प्रतियोगिताकै ठूलो योगफल हो।  

आसिफ शेख ४१ बलमा ७ चौका र ४ छक्का मद्दचमा ६९ रन बनाए। प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यस्तै दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाए। उनी पहिलो पटक तीन नम्बरमा ब्याटिङका लागि आएका थिए। 

यस्तै, लोकेश बमले १२ बलमा २ चौका र ४ छक्का मद्दतमा ३९ रन बनाउँदा रोहितले १२ बलमा २१ रन र कुशल भुर्तेलले १७ रन बनाए। बलिङमा सामोआका ड्याडिअल ब्रुगेस, साउमनी टिआइ, डा।ियस विसर र नोह मिअदले समान १ विकेट लिए।

सुपर सिक्समा १० अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो। ८ अंक जोडेको ओमान दोस्रो स्थनमा रहँदा ६ अंकसहित युएई तेस्रो स्थानमा रह्यो। यी तीनै टिम विश्वकपमा छनोट भए। 

 

प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्