Kathmandu Press

शिक्षण अस्पतालले भन्यो- कर्मचारीमा कोरोनाको संक्रमण छैन

काठमाडौं, जेठ ३ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट संक्रमित नभएको जनाएको छ।

शिक्षण अस्प....

शिक्षण अस्पतालले भन्यो- कर्मचारीमा कोरोनाको संक्रमण छैन
फाइल

काठमाडौं, जेठ ३ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट संक्रमित नभएको जनाएको छ।

शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिए।  

सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकाररिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने भन्दै उनले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गरेका छन्।  शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो। 

ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ। संक्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवन बनाइएको आइसोलेशन वार्डमा राखिएको छ। उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, जेठ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्