Kathmandu Press

सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु

सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु
Hardik ivf

झापा, असोज ३० : झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा डुबेर विहीबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ । 

माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा मगर, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। 

उनीहरू माछा मार्ने भन्दै खोलामा पसेका थिए ।  प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको छ । 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्