Kathmandu Press

सुत्केरी महिलाको मृत्युबारे विस्तृत अध्ययन गर्दैछाैँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको &n....

सुत्केरी महिलाको मृत्युबारे विस्तृत अध्ययन गर्दैछाैँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको  कोरोना परीक्षणबारे विस्तृत अध्ययन भइरहेको जनाएको छ। 

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ज्वरो र श्वासप्र्रश्वासमा समस्या आएर उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोभिड–१९ सँग सम्बन्धित परीक्षणको अध्ययन भइरहेको जानकारी दिए।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलालाई वैशाख २३ गते टिचिङ अस्पताल भर्ना भएको र २४ गते नर्मल डेलिभरी भएको थियो। २५ गते डिस्चार्ज भएर घर फर्किएकी उनलाई ज्वरो, श्वासप्रश्वास समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन्। 

‘स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा उपचार गराउन आउँदै गर्दा मृत्यु खबर हामीले पाएका छौं। उहाँको विस्तृत विवरण लिइरहेका छौं। उहाँको कोभिड-१९ सम्बन्धि थप परीक्षण भइरहेको छ,’ डा. देवकोटाले भने,‘सम्पूर्ण विवरण प्राप्त भएपछि कोरोनाबाट मृत्यु भएको हो होइन भन्ने आधिकारिक रुपमा जानकारी गराउने छौं।

प्रकाशित मिति: १७:४० बजे, शनिबार, जेठ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्