Kathmandu Press

लगातार दोस्रो दिन घट्यो नेप्से

कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ। ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो।
लगातार दोस्रो दिन घट्यो नेप्से

काठमाडौं, असोज ३० : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ। नेप्से आज  १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको छ।

कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ। ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो। 

आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ। हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य आज ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६५ रुपैयाँमा आन्तिम करोबार भएको छ।

त्यसैगरी समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। आज मुक्तिनाथ विकास बैंक नेपाल रिइन्स्योरेन्स, शिव्म सिमेन्ट र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ। 

त्यस्तै, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्