Kathmandu Press

२२ अंकले घट्यो नेप्से

आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भयो।
२२ अंकले घट्यो नेप्से

काठमाडौं, असोज २९ : बुधबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ । नेप्से २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा पुगेको हो।

आज कुल ३१८ स्टकको ३५,७५० पटकको कारोबारमा ३ अर्ब १० करोड रुपैयाँ बराबरका ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भयो। 

Hardik ivf

बुधबार सेन्सेटिभ इण्डेक्स २.९२ अंकले, फ्लोट इण्डेक्स १.३८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेको छ।  

समता घरेलु लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत बढ्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ५.२३ प्रतिशत बढेको छ। समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका शेयर भने नकारात्मक सर्किटमा पुगेको छ।

कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो (२०.५४ करोड रुपैयाँ), त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१३ करोड) र यूनियन हाइड्रोपावर (करिब १३ करोड) रहेका छन्।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ उपसमूह घटे, जसमा व्यापार उपसमूह सर्वाधिक २.०९% ले घट्यो । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूह पनि १% भन्दा बढीले घटेका छन् ।

 

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, असोज २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्