राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेटवार्ता
दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुँदैछन्।
काठमाडौं, असोज २९ : राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट सहभागि हुँदैछन्।
भ्रमणबारे जानकारी गराउन दाहाल राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका हुन् । भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको जनाइएको छ।
दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्ने तय भएको छ । उनीसँग राष्ट्रिय सभा सदस्य पनि सहभागि हुने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले ‘आईपीयू’ मा जाने बिषयमा जानकारी गराएको बताइएको छ ।
प्रकाशित मिति: १३:५८ बजे, बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(70)-1765084987.jpg)




-(70)-1765084987.jpg)






