सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु, रास्वपा अनुपस्थित
संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन छलफल भइरहेको छ।
काठमाडौं, असोज २९ : सभामुख देवराज घिमिरेले दलहरुसँग छलफल गरिरहेका छन्। छलफल केहीबेर अघिबाट सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको हो।
संसद् विघटनबारे दलहरूको राय माग्न सभामुख घिमिरेले दलहरुसँग छलफल गरेका हुन्। संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन छलफल भइरहेको छ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी सहभागी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि अनुपस्थित छ।
दलहरूसँगको छलफल पछि सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: ११:१० बजे, बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1765093296.jpg)
