Kathmandu Press

दुई महिनामा चालू खाता १३० अर्ब बचतमा

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ।
दुई महिनामा चालू खाता १३० अर्ब बचतमा

काठमाडौं, असोज २३ : चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा चालू खाता रु. १३० अर्ब ६९ करोडले बचतमा रहेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ। 

उक्त अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. २ अर्ब २० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. १ अर्ब २० करोड रहेको थियो।

Hardik ivf

चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोड बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ।

२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु.२८८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रिहेको थियो। 

२०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई रु.२५८२ अर्ब ३८ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वृद्धि भई रु.२९८ अर्ब ९७ करोड कायम भएको छ। 

 

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्