Kathmandu Press

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

धनुषा, असोज २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

मधेश प्रदेश सभामा मंगलबार विश्वासको  मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

Hardik ivf

सम्बोधनका क्रममा उनले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाए।

 ‘म सत्ता र पदक‍ा लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’

सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम ९४० बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए।

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि उनको आरोप थियो।
 
सरकारमा सहभागी र प्रतिपक्ष दलका सांसदले नै राजीनामा दिने अवस्था नरहेको हुनाले आफूलाई रोकेको उनले दाबी गरे।

 

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्