मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै

धनुषा, असोज २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेश सभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ।
उनकै जनमत पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले, तमलोपाले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई पत्र लेख्दै विश्वासको मतका लागि वातावरण मिलाइदिन भनेका थिए। सोही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए।
प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)






-1764760320.jpg)