Kathmandu Press

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो।
लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

सर्लाही, असोज २७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो। शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन्। जनमत पार्टीबाट निर्वाचित सिंहले अब भोलि (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ।

यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले)ले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ।

 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्