Kathmandu Press

४४ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ।
४४ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, असोज २७ : साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ। नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दनिको तुलनामा केही घटेको देखिएको छ।

आइतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो।

आइतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ।

Hardik ivf

आज सेन्सेटिभ इन्डेक्स ५.१४, फ्लोट इन्डेक्स २.६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंक बढेको छ। यसदिन नेपाल माइक्रो इन्स्यारेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १३००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १२९९.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

यस्तै, क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ।

यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५.२६ प्रतिशतले घटेर १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। थ्रिस्टार हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ४.४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ। 

त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्