वेस्टइन्डिजका पूर्वस्टार शिवनारायण चन्द्रपाउल बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक
पहिलो संस्करण टिमको मुख्य प्रशिक्षक रहेका पुबुदु दासानायक अमेरिकाको मुख्य प्रशिक्षक नियक्त भएकाले उनको स्थानमा जनकपुरले ५१ वर्षीय चन्द्रापाउललाई मुख्य प्रशिक्षक बनाएको हो।
काठमाडौं, असोज २७ : नेपाल क्रिकेट लिग (एनपीएल)को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नयाँ संस्करणका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको छ। उसले वेस्टइन्डिजका पूर्व स्टार क्रिकेटर शिवनारायण चन्द्रपाउललाई मुख्यप्रशिक्षक नियुक्त गरेको हो।
पहिलो संस्करण टिमको मुख्य प्रशिक्षक रहेका पुबुदु दासानायक अमेरिकाको मुख्य प्रशिक्षक नियक्त भएकाले उनको स्थानमा जनकपुरले ५१ वर्षीय चन्द्रापाउललाई मुख्य प्रशिक्षक बनाएको हो।
१६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका चन्द्रपाउलले २१ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा २० हजार भन्दा बढी रन बनाएका छन् । उनी विश्व क्रिकेटका स्थायी र धैर्यशील ब्याट्सम्यानमध्ये एक मानिन्छन्।
चन्द्रपाउलले क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग (बिपिएल), च्याम्पियन्स लिग टी–२०, र इन्डियन प्रिमियर लिग (आईपिएल) मा समेत खेलिसकेका छन् । उनले काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए।
सन् २०२२ मा ५१ वर्षको उमेरमा उनले सिपिएल फ्रेन्चाइज जमैका तलवाहजको प्रशिक्षकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेका थिए । त्यही वर्ष उनी अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका थिए।
जनकपुरको व्यवस्थापनले चन्द्रपाउलको नेतृत्वमा टोलीले आफ्नो प्रदर्शन र सफलता निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।
‘चन्द्रपाल जस्ता दिग्गज क्रिकेटरको आगमनले टोलीमा नयाँ ऊर्जा, दृष्टि र रणनीति थपिने विश्वास लिइएको र उनको अनुभवले जनकपुर बोल्ट्सलाई पुनः विजयी यात्रामा अगाडि बढाउने बिश्वास लिइएको जनकपुर बोल्ट्सले जनाएको छ।’
यस्तै, क्लबले गत संस्करणमा टोलीलाई च्याम्पियन बनाएका प्रशिक्षक पुबुदु दासानायकेप्रति आभार व्यक्त गरेको छ । दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।
-(56)-1764919423.jpg)











