Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

जनकपुरधाम, जेठ ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय सात पुगेको छ। शनिबार बिहान सिराहामा एक, पर्सामा दुई र सर्लाहीमा एक जनामा कोरोना भाइरसक....

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

जनकपुरधाम, जेठ ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय सात पुगेको छ। शनिबार बिहान सिराहामा एक, पर्सामा दुई र सर्लाहीमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय साता पुगेको हो।

शनिबार थपिएका संक्रमित सिराहको सखुवा१९ का ३० वर्षीय  पुरुष, पर्साको वीरगंज १२ का २८ र २९ वर्षीय  पुरुष तथा सर्लाहीको रामनगरा ४ निवासी १८ वर्षीया महिला रहेका छन्।

त्यस्तै, शुक्रबार साँझ चार जना थपिएका थिए। शुक्रबार थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन्।

त्यस्तै, धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो। जनकपुरको रमानन्दचोकमा घर भएकी उनी अहिले काठमाडौँमा बस्दै आएकी छन्। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ। दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट टे«सिङ’ गरिएका मध्येबाट तीन सय ५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र तीन सय ६० जनाको  स्वाब सङ्कलन भइरहेको जनाएको छ।

यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको एक सयभन्दा बढीको स्वाब सङ्कलन गरिएको छ। रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा.घिमिरेले बताए।

त्यस्तै, सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ।

प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ। त्यसमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कुलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र ६ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ।

यस प्रदेशमा अहिलेसम्ममा चार हजार नौ सय ८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार आठ सय १७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ।

प्रदेश २ का विभिन्न क्वारेन्टाइनमा एक हजार नौ सय १५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६ सय ८८ र आइसोलेसनमा एक सय आठ जना बसेका छन्।

यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा.घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, जेठ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्