Kathmandu Press

सिके रावतले पृथकतावादी अभियान छोडेको घोषणा गर्दै

काठमाडौं, फागुन २४ : मधेशमा छुट्टै राज्यको माग गर्दै अभियान चलाइरहेका डा.सिके रावतले पृथकतावादी अभियान छोडेको घोषणा गर्ने भएका छन् ।

आज दिउस....

सिके रावतले पृथकतावादी अभियान छोडेको घोषणा गर्दै
फाइल फोटो

काठमाडौं, फागुन २४ : मधेशमा छुट्टै राज्यको माग गर्दै अभियान चलाइरहेका डा.सिके रावतले पृथकतावादी अभियान छोडेको घोषणा गर्ने भएका छन् ।

आज दिउसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा स्वतन्त्र मधेश गठबन्ध छोडेको घोषणा गर्न लागेको जनाएको छ । त्यही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् ।

त्यस्तै, डा.रावतले पनि निकटका व्यक्तिहरूलाई सभागृहमा बोलाएका छन् । उनी बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । स्वतन्त्र मधेश राज्यको अभियान चलाइरहेका डा.रावतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको थियो ।

उपप्रधान एवं रक्षा मन्त्री  ईश्वर पोखरेलका अनुसार राउतले केही दिन अघिमात्रै सरकारसँग प्रथकतावाली आन्दोलन परित्याग गर्ने घोषणा गर्ने सम्झौता गरेका थिए । 
आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै राउत पनि सहभागि हुनेछन् । 

उनले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन पनि विघटन भएको घोषणा गर्ने जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक डा.कुन्दन अर्यालले दिउसो १ बजे हुने कार्यक्रमका लागि आमन्त्रण गर्दै ट्वीट गरेका छन् ।

 

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, फागुन २४, २०७५