Kathmandu Press

गौरमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको छ।
गौरमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

राैतहट, असोज २७ : रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ।

गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको छ। बाढीमा डुबेका ४ जना बालिकाको भने उद्धार गरिएको छ। 

प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । तीन जनाको शव निकालेर प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

 

 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्