रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो।
राैतहट, असोज २६ : रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो।
खानतलासीका क्रममा घलानको पाइन्टको गोजीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएका ९ किलो ३ सय ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूको बयानका आधारमा प्रहरीले आइतबार बिहान करिब सोही समयमा कटानी टोलकै ४० वर्षीय ज्ञानबहादुर थिङ (उर्फ सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि पक्राउ गरेको हो।
प्रहरीका अनुसार सञ्जु थिङको घरमा खानतलासी गर्दा स–साना २० पुरिया (करीब १.८६० ग्राम) ब्राउन सुगरजस्तो पदार्थ, ‘नाईट्राज्मा’ लेखिएका १३ वटा ट्याबलेट र नगद ६५ हजार १ सय रुपैयाँ बरामद गरिएको थियो।
इलाका प्रहरी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बरामद लागु औषधको प्रारम्भिक परीक्षण भइरहेको छ। पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











-(32)-1764944804.jpeg)
