Kathmandu Press

एमालेको सचिवालय बैठक ओली निवास गुण्डुमा सुरू

शुक्रबार बैठक नसकिएपछि शनिबारलाई तय गरिएको थियो। तर अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो।
एमालेको सचिवालय बैठक ओली निवास गुण्डुमा सुरू

काठमाडौं, असोज २६ : नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरू भएको छ। शुक्रबारदेखि एमाले सचिवालय बैठक जारी छ।

शुक्रबार बैठक नसकिएपछि शनिबारलाई तय गरिएको थियो। तर अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो। 

आइतबारको बैठकमा समसामयिक बिषयमा सदस्यहरूले धारणा राख्दैछन् । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष ओलीले संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।

शुक्रबार शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका थिए । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि धारणा राखिसकेका छन्।

एमाले बैठकमा पार्टी पुनःगठन गरेर चुनावको तयारी गर्नुपर्ने आवाज चर्का रुपमा उठिरहेको छ । आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्दै छन्।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्