Kathmandu Press

बालेन साह र सुदन गुरुङ विरुद्ध नेविसंघले पनि दियो जाहेरी

नेविसंघका केन्द्रिय सदस्यहरु मनिशजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले सयुक्त रुपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएका हुन्।
बालेन साह र सुदन गुरुङ विरुद्ध नेविसंघले पनि दियो जाहेरी

काठमाडौं, असोज २६ : नेपाल विद्यार्थी संघले काठमाडौं महानगरका मेयर बालेन साह र हामी नेपालका अध्यक्ष सुदन गुरुङविरुद्ध ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएको छ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रम घुसपैठ गराएर नाबालक बिध्यार्थीहरुलाई विद्यालय पोशाकमा बोलाएर भानव ढाल बनाएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजि सम्पत्तीहरु आगजानी तथा लुटपाट गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै बालेन र गुरुङ प्रहरीमा किटानी जाहेरी दिएको हो।

नेविसंघका केन्द्रिय सदस्यहरु मनिशजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले सयुक्त रुपमा  हस्ताक्षर गरेर किटानी जाहेरी दिएका हुन्। नेविसंघका केन्द्रिय सदस्य  बिष्टका अनुसार २४ घण्टा भित्र जाहेरी दर्ता गरेर अपराधिहरु्लाई पक्राउ गरेर कार्वाही गर्न पनि नेबिसंघले अल्टिमेटम समेत दिएको छ।

ललितपुर प्रहरी परिसरमा नेविसंघका झण्डै सय जना नेता तथा कार्यकर्ता जोहरी दिन पुगएका थिए । तर प्रहरीले दुई जनालाई मात्रै कार्यलयमा प्रवेश गरेर उजुरी दिन अनुमति दिएको थियो ।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, असोज २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्