सुनको मूल्य तोलामा ३ हजार बढ्यो
आइतबार सुन नेपाली बजारमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, असोज २६ : साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो।
आइतबार सुन नेपाली बजारमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोवार भइरहेको छ। शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:३८ बजे, आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











