लकडाउनमा कडाइ, आजदेखि जारी भएका सबै सवारी पास रद्द
काठमाडौं, जेठ ३ : लकडाउनमा जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै पास आजदेखि रद्द गरिएको छ ।
जेठ १ गतेदेखि एक जिल्लाबाट अ....

काठमाडौं, जेठ ३ : लकडाउनमा जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै पास आजदेखि रद्द गरिएको छ ।
जेठ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरेको हो।
कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिएको हो।
अवदेखि अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ र उपयुक्त देखिएमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् । काठमाडौं जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयको वेबसाइटको सूचनाअनुसार प्रक्रिया पूरा गरी पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास चाहिएमा जुन जिल्लामा जानु पर्ने हो, त्यो जिल्लाको जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने छ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ ।सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आउ–जाउ गर्न सक्नेछन् ।











