Kathmandu Press

नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

मकवानपुर, असाेज २५ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ।

इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

Hardik ivf

गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ। रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दावी गर्ने रणनीति लिएको हो।

बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ। साथै, आउँदो पुरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ।

यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

प्रकाशित मिति: ०९:०१ बजे, शनिबार, असोज २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्