Kathmandu Press

बाढी प्रभावित इलामका युवा आक्रोशित, मेयरलाई नै दिए राहत

इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्।
बाढी प्रभावित इलामका युवा आक्रोशित, मेयरलाई नै दिए राहत

इलाम, असोज २५ : गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्।

भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ । पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन्। 

Hardik ivf

देउमाई नगरपालिका मात्रै आठ जनाको निधन भएको थियो । करिब १०० घर क्षति पुगेको छ।

तर, नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका हुन्।

राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैँले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेका छन्।

 

प्रकाशित मिति: ०७:०२ बजे, शनिबार, असोज २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्