नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती : प्रचण्ड
काठमाडौं, जेठ २ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७७&ndash....

काठमाडौं, जेठ २ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम कार्यान्यवनमा चुनौती रहेको बताएका छन्।
शुक्रबारराष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरिसकेपछि संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै प्रचण्डले कोरोना भाइरसको महामारीले सबैतिर जटिलता उत्पन्न गरेकाले नीति तथा कार्यान्वयनमा चुनौती रहेको बताएका हुन्।
‘अहिले कोभिडका कारण जुन परिस्थिति देशमा सिर्जना भएको छ यसले सबैतिर जटिलता उत्पन्न गरेको छ,’ उनले भने,‘त्यसैले चुनौती कार्यान्वयनमै छ।’
प्रचण्डले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिए मुलुकले राम्रो गति लिने पनि बताए। ‘मुख्य कुरा कार्यान्वय हो। चुनौती कार्यान्वयनकै छ। यो कार्यान्वयन गर्न सकियो भने राम्रै गति लिन्छ,’उनले भने।











