Kathmandu Press

बाराका ४२ पत्रकारसहित १०२ जनाको स्वाब संकलन

बारा, जेठ २ : कलैया अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्वाब  संकलन गरेको छ। पर्सामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्....

बाराका ४२ पत्रकारसहित १०२ जनाको स्वाब संकलन

बारा, जेठ २ : कलैया अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्वाब  संकलन गरेको छ। पर्सामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्रकारमा संक्रमण देखिएपछि बाराको कलैया अस्पतालमा पत्रकारहरुको स्याब संकलन गरिएको छ।

नेपाल पत्रकार महासंघ बाराको पहलमा ४२ जना पत्रकारको स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष कमलकुमार उपाध्यायले बताए। कलैया अस्पतालमा कार्यरतसहित अन्य स्वास्थ्यकर्मी ५८ जनाको र राष्ट्रिय अनुसन्धानका दुई गरी १०२ जनाको स्वाब संकलन गरिएको ल्याब फाटका प्रमुख फुलमहम्द अन्सारीले जानकारी दिए।  

संकलन गरिएको स्वाब वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको अस्पतालका प्रमुख डा वीरेन्द्र मण्डलले जानकारी दिए। संकलन गरिएको स्वाबको रिपोर्ट भने दुई दिनपछि आउने उनले बताए।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्