Kathmandu Press

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

काठमाडौं, असोज २४ : नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा ३ अनुसार बैंकबाट इजाजतपत्र प्राप्त नगरी विदेशी मुद्राको कारोबार गर्न नपाइने स्पष्ट पारेको छ। 

सूचनामा भनिएको छ, ‘क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्नेछ।’

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ अनुसार क्यासिनोलाई इजाजतपत्र प्रदान गर्ने व्यवस्था गरेको छ। यसअन्तर्गत विदेशी विनिमय कारोबार गर्न इच्छुक संस्थाले बैंकमा आवश्यक कागजात र विवरण पेश गरी अनुमति लिनुपर्नेछ।

बैंकले ऐनको दफा १२ अन्तर्गत दिएको अधिकार प्रयोग गरी यो सूचना सार्वजनिक गरेको हो। राष्ट्र बैंकले यसमार्फत अनधिकृत रूपमा विदेशी मुद्राको कारोबार रोक्ने र आर्थिक अनुशासन कायम राख्ने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, असोज २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्