Kathmandu Press

यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया माचाडोलाई दिने निर्णय

यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया माचाडोलाई दिने निर्णय

काठमाडौं, असोज २४ : यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई दिने निर्णय भएको छ। 

नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडालाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

उनलाई ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको भन्दै पुरस्कार दिइएको निर्णयमा जनाइएको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गरिएको हो।

समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गरेको छ। 

नर्वेजियन नोबेल समितिद्वारा एक्समा गरिएको एक पोस्टमा, ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवद्र्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको’ उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, असोज २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्