Kathmandu Press

आपसी विवाद हुँदा टोखामा युवकको हत्या 

पाँचथर घर रहेका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले उदयपुरका गणेश लामा र सिन्धुलीका खुप बहादुर तामाङलाई पक्राउ गरेको छ ।
आपसी विवाद हुँदा टोखामा युवकको हत्या 
Hardik ivf

काठमाडौं, असोज २४ : टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राती एक युवकको हत्या भएको छ ।

पाँचथर घर रहेका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले उदयपुरका गणेश लामा र सिन्धुलीका खुप बहादुर तामाङलाई पक्राउ गरेको छ । आपसी बादविवादको क्रममा लिम्बुमाथि फलामको रड प्रहार गरिएको थियो । 

त्यसपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो । उनको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्