काठमाडौं महानगरको सरसफाइमा कार्यरत ३१ जनाको आरडिटी परीक्षणमा एन्टिबडी पोजेटिभ
काठमाडौं, जेठ २ : काठमाडौं महानरपालिकाको सरसफाइमा काम गर्ने ३१ जना कर्मचारीको (र्यापिड डाइग्नोष्टिक टेष्ट) आरडिटी टेष्ट गर्दा एन्टिबडी पोजेटिभ दे....

काठमाडौं, जेठ २ : काठमाडौं महानरपालिकाको सरसफाइमा काम गर्ने ३१ जना कर्मचारीको (र्यापिड डाइग्नोष्टिक टेष्ट) आरडिटी टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ। कुल ६६४ जनामा गरिएको परीक्षणमा ३ महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा एन्टिबडी पोजेटिभ देखिएको हो।
त्यस्तै, २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। त्यसको भने रिपोर्ट आउन बाँकी रहेको छ।
सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेकाहरुलाई पीसीआर परीक्षण गरिएको थियो भने अन्य कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो।
उनीहरुलाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। 'आरडिटी परीक्षणमा पोजेटिभ देखिनु कोरोना भएको होइन,' उनले भने, 'उहाँहरुको पीसीआर परीक्षण गरेका छौं । यसको नतिजा आएपछि थप निर्णय गर्छौ।'











