जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै
पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
काठमाडौं, असोज २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले दुइटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ।
पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ।
बाँकी प्रदेश समितिहरु पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ । जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


