Kathmandu Press

एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

बिहीबार साँझ भएको खेलमा पहिलाे हाफकाे अन्त्यमा १० खेलाडीमा समेटिएकाे नेपाल घरेलु टोली भियतनामसँग ३-१ले पराजित भयो।
एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

काठमाडौं, असोज २३ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल पराजित भएको छ। बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली भियतनामसँग ३-१ले पराजित भयो। 

पहिलो हाफ १-१को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपाल १० खेलाडीमा समेटिएपछि नेपाल दबाबमा परेको थियो।

खेलको नवौं मिनेटमा तियन लीले गोल गर्दै भियतनामका लाई अग्रता दिलाए। १७औं मिनेटमा सनिश श्रेष्ठले नेपालका लागि बराबरी गोल फर्काए। उनले रोहन कार्कीको फ्रिकिकमा हेडिङमा गोल गरेका थिए।

पहिलो हाफ सकिनै लाग्दा लकेन  लिम्बुले रातो कार्ड पाएपछि नेपाल दबामा परेको थियो। डिबक्स नजिकै विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड दिएका थिए। 

दोस्रो हाफमा भियतनामले २ गोल थप्यो । उसका सुआन मानले ६७औं  र भान भिले ७२औं मिनेटमा गोल गरेका थिए। त्यसछपि थप गाेल नहुँदा नेपाल ३-१ले पराजित भयाे।

नेपालाई हराउँदै दोस्रो जित हात पारेको भियतनाम ३ खेलबाट ६ अंकसहित समूह एफमा दोस्रो स्थानमा छ। नेपालले हालसम्म ३ खेल खेल्दा अंकविहीन रहेर पुछारमा छ।

अब नेपालको आफ्नो भियतनामसँगको होम म्याच पनि अक्टोबर १४ मा उसकै मैदानमा खेल्ने छ। 

 

प्रकाशित मिति: २१:३१ बजे, बिहीबार, असोज २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्