Kathmandu Press

काठमाडौंका भित्री सडकमा निस्कनेलाई पक्राउ गर्ने जिल्ला प्रशासनको निर्णय

काठमाडौं, जेठ २ : उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्कने....

काठमाडौंका भित्री सडकमा निस्कनेलाई पक्राउ गर्ने जिल्ला प्रशासनको निर्णय

काठमाडौं, जेठ २ : उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्कने व्यक्तिलाई पक्राउ गर्ने निर्णय गरेको छ। 

शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयको निर्देशन अनुसार लकडाउन थप कडाई गर्ने निर्णय गरेको हो। एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी, बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारीसाधन सवारी पासविना चल्न पाउनेछन्।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज गरिसकेको छ। 


 

प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्