Kathmandu Press

स्याङ्जामा मुनामदन नाटक मन्चन हुने 

अघिल्लो वर्ष पोखरा थिएटरले नै तयार पारेको नाटक एक चिहानले स्याङ्जामा दर्शकको अपार माया पाएको थियो । त्यसपछी सोही टिमले यस वर्ष स्याङ्जाका दुई बजार स्याङ्जा सदरमुकाम र वालिङमा सो नाटक दुई दुई दिन मन्चन गर्न लागेको हो । तयार पारिएको नाटक महाकवी लक्ष्मी प्रसाद देवकोटाले लेखेको अमर खण्ड काव्य मुनामदन हो । 
स्याङ्जामा मुनामदन नाटक मन्चन हुने 

स्याङ्जा, असोज २३ : स्याङ्जामा मुनामदन नाटक मन्चन हुने भएको छ । पोखरा थिएटरको आयोजनामा मुनामदन नाटक यहि असोज २६ र २७ मा स्याङ्जा सदरमुकाम स्थित सिटिहलमा र वालिङको शुभम पार्टी प्यालेसमा २९ र ३० गते मन्चन हुन लागेको नाटकका निर्देशक परिवर्तन कार्कीले जानकारी दिए । 

अघिल्लो वर्ष पोखरा थिएटरले नै तयार पारेको नाटक एक चिहानले स्याङ्जामा दर्शकको अपार माया पाएको थियो । त्यसपछी सोही टिमले यस वर्ष स्याङ्जाका दुई बजार स्याङ्जा सदरमुकाम र वालिङमा सो नाटक दुई दुई दिन मन्चन गर्न लागेको हो । तयार पारिएको नाटक महाकवी लक्ष्मी प्रसाद देवकोटाले लेखेको अमर खण्ड काव्य मुनामदन हो । 

Hardik ivf

सो नाटक दुवै ठाउमा ३ चरणमा मन्चन हुने बताइएको छ । बिहान ८ बजे, ११ बजे र दिउँसो १ बजे गरि ३ चरणमा प्रस्तुत गरिने आयोजक तथा व्यवस्थापक टिमले जनाएको छ । यस्तै, वालिङमा भने सो नाटक असोज २९ मा ५ बजे विशेष सो सहित प्रस्तुत हुनेछ । 

वालिङतर्फको मञ्चनको स्थानीय संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले गर्नेछ । यसअघि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदा ‘मुनामदन’ले दर्शकको अपार माया पाएको थियो । यो नाटकमा मुना र मदनको अमर प्रेमकथा मार्फत समाज, संस्कृतिको वास्तविकता र परदेशी दुःखलाई मार्मिक रूपमा चित्रण गरिएको छ ।

नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका हुन् । कृष्टि गुरुङ, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, शीतला अधिकारी, सुसन पौडेल, विष्णु खड्का कार्की, अर्जुन शर्मा र अञ्जली शाही लगायतका कलाकारहरूको अभिनय यसमा देख्न सकिनेछ ।

सङ्गीत संयोजन मिलन गिरी, शब्द संयोजन विवेक देवकोटा, प्रकाश परिचालन श्रीकृष्ण भण्डारी, साउण्ड परिचालन विकास अधिकारी, र कोरियोग्राफीमा सरिता थापा मगर रहेका छन् । साथै, अप्सरा बयलकोटी, बिनिता बयलकोटी, राहुल श्रेष्ठ, प्रतीक घिमिरे, बिपिन ओझा, अस्मिता गोदार लगायतले नाटक युनिटमा सघाउनेछन् ।

निर्देशक परिवर्तनका अनुसार यस संस्करणमा झ्याउरे लयलाई शास्त्रीय संगीतको संगममा प्रस्तुत गर्दै केही फरकपन दिन खोजिएको छ । उनले भने, “यो मुनामदन पहिलेका भन्दा भिन्न अनुभूति दिनेछ, यहाँ प्रेम मात्र होइन ( रोजगारको लागि विदेश जाने संघर्ष र त्यसले ल्याएको सामाजिक रूपान्तरण पनि देखाइनेछ ।”

१ घण्टा ४५ मिनेट लामो यो नाटक माग भए अन्य जिल्लामा पनि मञ्चन गर्ने तयारीमा पोखरा थिएटर जुटेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा नाटक प्रदर्शन गरेर रंगमञ्च हेर्ने संस्कार विस्तार हुँदै गएको थिएटरको भनाइ छ ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्