अमेरिकी सरकारद्वारा एचआइभी संक्रमितको लागि आवश्यक औषधि हस्तान्तरण
काठमाडौं, जेठ २ : अमेरिकी सरकारले नेपाललाई एन्टी रेट्रोभाइरल (एआरभी) हस्तान्तरण गरेको छ। एचआईभी संक्रमितको लागि अतिआवश्यक औषधिको एक खेप शुक्रबार हस्ता....

काठमाडौं, जेठ २ : अमेरिकी सरकारले नेपाललाई एन्टी रेट्रोभाइरल (एआरभी) हस्तान्तरण गरेको छ। एचआईभी संक्रमितको लागि अतिआवश्यक औषधिको एक खेप शुक्रबार हस्तानतरण गरेको हो।
प्राप्त औषधिले नेपालमा रहेका १८ हजार ६२८ जना एचआइभी संक्रमितलाई कोरोना भाइरसको कारण समस्यामा परेको समयमा हेरचाहको निरन्तरता सुनिश्चित गर्ने विश्वास अमेरिकी सरकारले लिएको छ।
औषधि पाउनु अघि नेपालमा एआरभी सकिन केही दिन मात्र बाँकी थियो भने केही बिरामीसँग एक दुई वटा मात्रा बाँकी रहेको थियो।
नेपालका एचआइभी संक्रमितका लागि औषधिको निर्बाध आपूर्ति सुनिश्चित गर्न पाएकोमा अमेरिकी सरकारले खुसी व्यक्त गरेको छ।
युएसएआइडी र द ग्लोबल फन्डको सहयोगमा प्राप्त तीन लाख डलरभन्दा बढी मूल्यको औषधि राष्ट्रपतिय आपतकालिन योजनामार्फत खरिद गरिएको हो।











