Kathmandu Press

जुनसुकै निर्वाचन कार्यालयबाट फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि पायक पर्ने नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिन सक्ने छन्।
जुनसुकै निर्वाचन कार्यालयबाट फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

काठमाडौं, असोज २२ : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि  अनलाइन फारम भर्ने प्रबन्ध मिलाएको छ।

इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि पायक पर्ने नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिन सक्ने छन्। आयोगले बुधबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। 

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ,’ निर्वाचन आयोगले सूचनामा भनेको छ।

काठमाडौं उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौं (मिनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असोज २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्