Kathmandu Press

निर्वाचन आयोगले दलहरुलाई छलफलमा बोलायो 

निर्वाचन आयोगले दलहरुलाई छलफलमा बोलायो 

काठमाडौं, असोज २२ : निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको छ । 
आयोगले दलहरुलाई निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते बोलाएको हो। 

आयोगले फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

दलहरूसँग छलफल नै नगरी कार्यतालिका सार्वजनिक गरेको भन्दै प्रमुख दलले असन्तुष्टि जनाइरहेका बेला आयोगले दलहरुलाई छलफलमा डाकेको हो। 

 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, असोज २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्