Kathmandu Press

एमाले नेता बस्नेतको चुनौती हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ

‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । केपी ओली दोषी हुनुहुन्छ भने पक्राउ गरेर देखाउ।’
एमाले नेता बस्नेतको चुनौती हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ

काठमाडौं, असोज २२ : नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन नै गरेर बस्नेतले यस्तो चुनौती दिएका हुन्। पत्रकार सम्मेलनमा एमाले नेता बस्नेतले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । केपी ओली दोषी हुनुहुन्छ भने पक्राउ गरेर देखाउ।’ 

जेनजी युवा आन्दोलनकाक्रममा दमन गरेको आरोपसहित केही जेनजी अगुवाहरुले पूर्व प्रधनमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र बस्नेतविरुद्ध मंगलबार प्रहरीमा उजुरी दिएका थिए । काठमाडौं प्रहरी परिषरले उक्त उजुरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो।

ओलीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखेका छन् । बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट पहिले अनुसन्धान सुरु गर्नुपर्ने बताए। 

बस्नेतले जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा एमाले अध्यक्ष ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको बताउँदै अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने भनाई राखे। 

 

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, असोज २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्