Kathmandu Press

बालेन र जेन–जी अगुवा गुरुङविरुद्ध प्रहरी परिररमा अर्को जाहेरी

सिन्धुलीका युवराज सफलले जाहेरी लिएर बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । साह र गुरुङविरुद्ध कानुनी कारबाहीको माग राखेर जाहेरी पुगे पनि प्रहरीबाट निर्णय भने भइसकेको छैन।
बालेन र जेन–जी अगुवा गुरुङविरुद्ध प्रहरी परिररमा अर्को जाहेरी

काठमाडौं, असोज २२ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेन–जी अगुवा हामी नेपालका संयोजक सुदन गुरुङमाथि कारबाहीको माग राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा अर्को जाहेरी परेको छ।

सिन्धुलीका युवराज सफलले जाहेरी लिएर बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । साह र गुरुङविरुद्ध कानुनी कारबाहीको माग राखेर जाहेरी पुगे पनि प्रहरीबाट निर्णय भने भइसकेको छैन। 

सफलको जाहेरीसँगै साहर गुरुङविरुद्ध दुई वटा जाहेरी प्राप्त भएको प्रहरी परिषरले जनाएको छ। मंगलबार पनि साह र गुरुङविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए।

यसअघि गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगे पनि पुर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगमा पठाइएको  थियो। 

सिंहदबारसहितका सरकारी संरचना जलाइनुमा गुरुङ र साह जिम्मेबार रहेको दाबीसहित जाहेरीमा कारबाहीको माग गरिएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, असोज २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्