Kathmandu Press

टेकु दोभानमा युवतीको शव फेला

काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
टेकु दोभानमा युवतीको शव फेला

काठमाडौं, असोज २२ : काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ।

काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

Hardik ivf

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।

घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, असोज २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्