Kathmandu Press

प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन्।
प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन

काठमाडौं, असोज २१ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन्। 

Hardik ivf

यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन दमकल पुग्न नसकेको उनले जानकारी दिएका छन्।

उनले आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन गर्नका साथै स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको उल्लेख गर्दै उनले हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न आफूले स्टाटस लेखेको स्पष्ट पारे।
 
मेयर शाहले दिन रात नभनी महानगरको टोली खटिएको दाबी गर्दै आरोपबाट र जिम्मेवारीबाट नभाग्ने धारणा राखे। 

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्