विकास आयोजना निर्धारित समयमा सम्पन्न गरिने, वैदेशिक लगानी ल्याइने
काठमाडौं, जेठ २ : सरकारले आगामी वर्ष ठूला पूर्वाधारलगायतका क्षेत्रमा उत्पादनशील वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधा....

काठमाडौं, जेठ २ : सरकारले आगामी वर्ष ठूला पूर्वाधारलगायतका क्षेत्रमा उत्पादनशील वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने र लगानीको आधार बलियो बनाइने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘विकास आयोजनालाई निर्धारित समय र लागतमा सम्पन्न गरिनेछ। सरकारी क्षेत्रबाट हुने खर्चको गुणस्तर कायम गरिनेछ। फजुल र अनुत्पादक खर्च कटौती गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्।
प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











