Kathmandu Press

गोसाइँकुण्ड ड्यामसाइड क्षेत्रमा फसेका १२ जनाको उद्धार, चारजना अझै बेपत्ता

अहिले उद्धार गरिएका सबै जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ।
गोसाइँकुण्ड ड्यामसाइड क्षेत्रमा फसेका १२ जनाको उद्धार, चारजना अझै बेपत्ता

काठमाडौं, असोज २० : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई उद्धार गरिएको छ।

१७ गतेदेखि १९ गतेसम्मको अविरल वर्षाका कारण गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा १६ जना फसेका थिए। तिमध्ये नेपाली सेनाको उद्धार टोलीले १२ जनाको सकुशल उद्धार गरेको हो। 

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको सेनाले जनाएको छ। अहिले उद्धार गरिएका सबै जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ।

उक्त क्षेत्रमा हराइरहेका चार जनाको खोजी कार्य निरन्तर चलिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्यामसाइड, भाङ्गे झरना लगायतका ठाउँमा खोजी कार्य सञ्चालन गरिरहेको सेनाले जनाएको छ। 

निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा समस्या भएको छ। 

 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, असोज २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्