Kathmandu Press

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ।
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

इलाम, असोज २० : इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ।

घटनामा एक जना पुरुष र तीन जना महिला (एक बालिका सहित) घाइते भएका थिए। घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो।

नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ।

आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाई उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो।

 

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, असोज २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्