Kathmandu Press

विदेशबाट फर्किएकालाई उद्यम गर्न पूँजी उपलब्ध गराइने 

काठमाडौं, जेठ २ : वैदेशिक रोजगारीबाट फर्किएकालाई सरकारले उद्यम गर्न पूँजी उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ....

विदेशबाट फर्किएकालाई उद्यम गर्न पूँजी उपलब्ध गराइने 

काठमाडौं, जेठ २ : वैदेशिक रोजगारीबाट फर्किएकालाई सरकारले उद्यम गर्न पूँजी उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका अनुभवी र उद्यमशील व्यक्तिलाई उद्यम व्यवसाय सुरुआत गर्न सुरुआती पूँजी उपलब्ध गराइने बताइन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु फर्किने सम्भावना रहेकोले बेरोजगारीको संख्या बढ्‍ने भन्दै सरकारले  आवश्यकता अनुसार सबै स्थानीय तहमा छोटो अवधिका घुम्ती तालिम सञ्‍चालन गर्ने नीति ल्याएको छ। 

यस्तै शिक्षित बेरोजगार युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा प्रोजेक्टका आधारमा सुरुआती पूँजी उपलब्ध गराई भरसक उनीहरुको शिक्षामा आधारित प्रोजेक्ट निर्माण गर्ने नीति सरकारले लिएको छ।  

श्रम बजारमा रहेका श्रमिकको सिप उपयोग गर्न श्रम सूचना बैंक स्थापना गर्नेसँगै रोजगारदाता र श्रमिक संगठनबीच असल श्रम सम्बन्ध विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।  

श्रम अडिटलाई थप व्यवस्थित गर्ने र  सबै किसिमका श्रम शोषण अन्त्य गर्नेसँगै सामाजिक सुरक्षा र संरक्षका कार्यक्रमलाई एकिकृत रुपमा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्