Kathmandu Press

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको छ।
बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’
फाइल तस्बिर।

काभ्रेपलाञ्चोक, असोज १८ : शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको  छ। 

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए। 

यसैबीच, पहिरोका कारण बिहानदेखि  अवरुद्ध अरनिको राजमार्ग एकतर्फी  सञ्चालन भएको छ। धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ।

सरकारले केहीबेरअघि मात्रै निरन्तरकाे वर्षाका कारण जाेखिम बढेकाे भन्दै काठमडाैं उपत्यका प्रवेश गर्ने सबै नाका तीन दिनका लागि बन्द गरेकाे छ। 

प्रकाशित मिति: ११:३३ बजे, शनिबार, असोज १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्