Kathmandu Press

दशैंको टीका र जमरा लगाउनेक्रम जारी

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ।
दशैंको टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौं, असोज १८ : बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। 

देशभर वर्षा भइरहेपनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ।

आश्विन शुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।

 

प्रकाशित मिति: १०:३३ बजे, शनिबार, असोज १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्