सीमानाकामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गरिने
काठमाडौं, जेठ २ : सरकारले चीन र भारतसँगका सीमानाकामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको....

काठमाडौं, जेठ २ : सरकारले चीन र भारतसँगका सीमानाकामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमा नाकामा हेल्थ डेक्स र क्वारेन्टाइनको व्यवस्था गर्न लागेको जानकारी दिएकी हुन्।
सीमा क्षेत्रमा हेल्थ डेस्क र क्वारेन्टाइन नहुँदा भारतबाट नेपाल भित्रिएकाहरुमा कोरोना भाइरसको जोखिम उच्च देखिएको छ।
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











